चुनावको मुखमा रविको कोर टिमले २ करोड घुष मागेको अडियो प्रकरण...
काठमाण्डौ।रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको खुलासा भएको छ।समानुपातिक सांसद श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेको छ। अडियोमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै पैसा मागेका छन् ।माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो सम्वादमा सांसद श्रेष्ठले ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्...