Saturday Jun 06, 2026



गण्डकी प्रदेश

srticle.jpg

लोक गायिका छन्त्याल पनि विमान दुर्घटनामा परिन्

January 15, 2023
Avatar
नेपालि खबर
पोखरा । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोकगायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।