Saturday Jun 06, 2026


प्रदेश १ र गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

Image
२९ पुष २०७९, शुक्रवार
Avatar
नेपालि खबर

वाग्मती व्युरो । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस आज विश्वासको मत लिँदै छन् ।

आज दिउसो १ बजे बस्ने प्रदेशशभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनी पुष २४ गते मुख्यमन्त्रीमा नियक्त भएका थिए ।

नेपालको संविधान २०७२ को धारा १६८-२ बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८-४ बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ ।

प्रतिपक्षी बेन्चमा ३३ सांसद छन । त्यसमा काग्रेसका ३३ र एकीकृत समाजावदीका ४ सांसद हुन् ।

यस्तै, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

अधिकारीलाई एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन् ।

मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन् ।

हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन ।

एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए ।

Advertisement

सम्बन्धित खबर