गण्डकी ब्युरो । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
यती एयरको एटीआर ७२ विमान दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ। जहाजमा ७० जना सवार थिए । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट ६६ जना यात्रु लिएर पोखरा उडेको थियो। ११ बजे पोखराको नयाँ एयरपोर्टमा ल्याण्ड हुने क्रममा विमान दुर्घटना भएको थियो। विमान पाइलट कमल केसीले उडाएका थिए। अहिले उद्दारकार्य जारी छ।
उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन, एयरपोर्टमा पुगे प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमान दुर्घटनास्थलमा उद्दारमा जुट्न निर्देशन दिएका छन्। प्रचण्डले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै उद्दारमा जुट्न राज्य संयन्त्रलाई निर्देशन दिएका हुन्।
सबै औपचारिक कार्यक्रम रद्द गरि प्रधानमन्त्री प्रचण्ड अवस्था बुझ्न एयरपोर्ट पुगेका हुन्। प्रधानमन्त्रीले आजै मन्त्रीपरिषदको बैठकसमेत बोलाएका छन्।
यति एयरको एनवाईटी ६९१ कल साइन विमानमा ६६ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका छन्। यात्रुमध्ये १० जना जति विदेशी नागरिक पर्यटक भएको बताइएको छ।
काठमाडौंबाट बिहान १०स् ३३ बजे पोखरा उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान ल्याण्ड हुन लाग्दा ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
यी हुन् विमानमा सवार यात्रुहरु:
कृष्ण आचार्य
निसान्त आचार्य
शालिकग्राम आचार्य
अलिमाया सदाखात
अलितोनिना भेक्टोरिया
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर गुरुङ
एलेना ब्यान्डुरो
अनिषा बानिया
शालोक भट्ट
निरा छन्त्याल
रुवान कालुम क्रिन्टोम
असिमा गुरुङ
अनुषा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्की गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
एस्मिन गुरुङ
रविन हमाल
एलेक्जेन्डर इसिडोर
संजय जेसुवाल
सोनु जेसुवाल
रचना काफ्ले
सीताकुमार खड्का
अनिलकुमार राजबार
भगवती कुँवर
अभिषेक कुशवाह
मेरन लभ
युरी लेजिङ
भिक्टर लेजिङ
ओम माया गुरुङ
जानितस्यान्ड्रा प्यालाभेकिनो
सुष्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धी पौडेल
त्रिभुवन पौडेल
पुजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगीता शाही
आयुर्धी शर्मा
बेबी शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा शुशील श्रेष्ठ
राजुसिंह ठकुरी
चुणा थापा
गणेश थापा
लबराज तिमिल्सिना
यु स्यान्ग्योन र अर्का एकजना
चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay