मधुसुधन पोख्रेल,
प्युठान । प्यूठानमा चोरको विगविगी बढ्न थालेको छ । गत मंगलबार राती स्वर्गद्धारी नगरपालिका वडा नं.५ सारीको वडा कार्यलय, स्वास्थ्य चौकी, विद्यालय सहित ११ घरमा चोरी भएको थियो ।
चोर पत्ता नलाग्दै फेरी, जिल्लाको गौमुखी गाउँपालिकाको गौमुखी माध्यामिक विद्यालय ठुलावेसीमा अज्ञात व्यक्तिले तोडफोड गरी चोरीको प्रयास गरेको प्रहरीले जनाएको छ । विद्यालयको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड भएको विद्यालयका सहायक प्रधानाध्यापक जाहेश्वर जैसीले पुष्टि गर्नुभयो ।
जैसीका अनुसार परीक्षा समितिको बक्स समेत तोडफोड गरीएको छ । विद्यालयमा तोडफोडबाट भएको क्षति र चोरीबाट लुटिएको रकमबारे विवरण संकलन भइरहेको छ ।
विद्यालयमा राखीएको सिसिटिभीको फुटेजका माध्यमद्वारा प्रहरीले अज्ञात व्यक्ति पहिचानका लागि अनुसन्धान थालेको छ ।त्यसैगरी स्थानीयका अनुसार गएराती नै ठुलावेसी बजारका ४ वटा घरमा चोरी भएको छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay