आर.के. परियारको “घृणा” सार्वजनिक
७ वैशाख २०८०, बिहिवार
नेपालि खबर
पछिल्लो समय गीत रेकर्डिङ भए लगत्तै म्यूजीक भिडियो बनाउने क्रम उत्तिकै बढ्दै गएको छ । गाँउदेखि शहरसम्म प्रविधिको विकासले हरेकको हात हातमा मोबाइल फोन संगै युट्युबको पहुँचले गीत सुन्ने मात्र नभई हेर्ने बानीको विकास हुँदै गएको छ । गीतको लोकप्रियता पनि युट्युबको भ्युजकै आधारमा निर्धारण गरिन्छ । त्यसैले पनि गीतको म्युजीक भिडियो बनाउने काममा सर्जक कम्मर कसेर लागेका छन ।
म्युजीक भिडियो बनाउने क्रममा बिहिबार प्रमोद खरेलको आवाज तथा आर.के. परियारको शब्द संगीतमा रहेको “घृणा” गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । आर.के परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, ज्ञानु नेपाली र आर.के स्वयम आफैले अभिनय गरेका छन । यो गीतको भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका छन । भिडियो विवेक बि.क. ले छायांकन तथा मिलन बि.क ले सम्पादन गरेका छन ।
केही समय अगाडी सार्वजनिक गरिएको “धोका” बोलको गीतमा दर्शक लोभिएपछि नयाँ अनि केही फरक गर्ने हुटहुटीले “घृणा” बजारमा ल्याएको सर्जक आर.के. परियार बताउछन । पहिलेको काम बाट केही सिकेर निकै मिहेनत गरी निर्माण गरिएको हुँदा उक्त भिडियोले दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छन ।