Saturday Jun 06, 2026


सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

Image
१५ माघ २०७९, आइतवार
Avatar
नेपालि खबर

एजेन्सी ।  सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुनेछन् ।  यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो ।

४७ औँ संस्करणको यो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । साथै अर्जेन्टिना कतार विश्व कप फुटबलको विजेता समेत हो । 

Advertisement

सम्बन्धित खबर