राजविराज । सप्तरीको तिलाठीमा कुस्ती प्रतियोगिता सुरु भएको छ । विगत ८ दशकदेखि संस्थागत रुपमा तिलाठीमा भइरहेको सरस्वती पूजाका अवसरमा कुस्ती प्रतियोगिता आयोजना गरिएको हो ।
पञ्चायत विरुद्धको आन्दोलनमा बेपत्ता पारिएका साकेतचन्द्र मिश्रको स्मृतिमा पछिल्ला वर्षहरुमा सरस्वती पूजाका अवसरमा कुस्ती हुन थालेको पूजा समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुले जानकारी दिए ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी २५ जना पहलमानको सहभागिता छ । प्रतियोगिताको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडाध्यक्ष दिनेश्वर मिश्रले उद्घाटन गरे ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay