Thursday Sep 10, 2026


भु-उपयोग क्षेत्र वर्गीकरण गर्ने बैतेश्वर गाउँपालिका पहिलो

Image
२५ माघ २०७९, बुधवार
Avatar
सुवाष बस्नेत, दोलखा

दोलखा । भु-उपयोग क्षेत्र वर्गीकरण गर्ने दोलखाको बैतेश्वर गाउँपालिका पहिलो बनेको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकाले भु-उपयोग क्षेत्र वर्गीकरणको काम सकेको छ्।पालिकाले नेपाल सरकारको भुमि व्यवस्था,सहकारी तथा गरीबी निवारण मन्त्रालयको पत्राचार बमोजिमको भु-उपयोग ऐन २०७६ र भु उपयोग नियमावली २०७९ ले व्यवस्था गरे बमोजिम भु उपयोग क्षेत्र वर्गीकरणलाई कार्यन्वयनमा ल्याएको हो। भु उपयोग कार्यान्वयन समितिले सरोकारवालाहरु संग छलफल समेत गराई गाउँपालिका भित्रको भु-बनौट, भुमिको क्षमता तथा उपयुक्तता, भुमिको मौजुदा उपयोग र आवस्यकता समेतका आधारमा ८ वटै वडाको भुमिलाई कृषि र गैर कृषि क्षेत्रमा वर्गीकरण गरि भु(उपयोग परिषदलाई स्वीकृतिको लागि पेश गरेको थियो ।

जसअनुसार कृषि क्षेत्र र गैर कृषि क्षेत्र अन्तरर्गत आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यवसायिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, बन क्षेत्र, नदि खोला ताल सीमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, साँस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र अन्य क्षेत्र गरी १० प्रकारमा भु-उपयोग क्षेत्रमा वर्गीकरण गरिएको बैतेश्वर गाउँपालिका नापी शाखा प्रमुख राजेश गिरीले जानकारी दिए । 

सो वर्गिकरणलाई बिहिवार गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा बसेको स्थानीय भु-उपयोग परिषदले स्वीकृत गरी गाउँ कार्यपालिकामा अनुमोदनको लागी पेश गरेकोमा गाउँ कार्यपालिकाले बिहिवार नै अनुमोदन गरे पछि कार्यान्वयनमा आएको छ।

कार्यपालिकाले अनुमोदन गरेसंगै अब लामो समय देखी रोकिएको गाउँपालिका भित्र रहेका जग्गाहरुको कित्ताकाट लगायत जग्गा सम्बन्धि रोकिएका सबै काम सुचारु हुने बैतेश्वर गाउँपालिका अध्यक्ष एवं स्थानीय भु-उपयोग परिषदका अध्यक्ष छबि लामाले बताए ।

परिषदले स्वीकृत गरेको भु उपयोग क्षेत्र वर्गीकरणको विवरण पालिका भित्रका सबै सर्वसाधारणलाई जानकारीको लागी आज बिहिवार २८ गते नै गाउँपालिकाले वेभसाईट मार्फत एक सूचना प्रकाशन गरेको र भु-उपयोग क्षेत्र वर्गीकरणको जानकारी नापी विभाग, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश भु उपयोग परिषद र सङ्घीय भु उपयोग परिषद समेत लाइ पत्राचार मार्फत जानकारी गराएको जनाएको छ।


Advertisement

सम्बन्धित खबर