मकवानपुर : हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन थालेको छ। कोइला आपूर्ति भएपछि शुक्रबारदेखि सिमेन्ट उत्पादन थालिएको छ।
कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा एक हजार ६०० मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ।
उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए। बाँकी कोइला आउने क्रममा रहेको छ।
भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट कोइला आपूर्ति भइरहेको कर्णले बताए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay