Saturday Jun 06, 2026


कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु ,२६ यात्रु घाइते

Image
७ चैत २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

कैलाली।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गएराति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्।



जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९ का अन्दाजी १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। 


अन्य घाइतेको घोडाघाडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ। कैलालीको सुगरखालबाट भजनीतर्फ गइरहेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ। 


चालक भजनीका सुरज चौधरीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

सम्बन्धित खबर