Wednesday Sep 09, 2026


अब को बन्ला राष्ट्रपति ?

Image
६ माघ २०७९, शुक्रवार
Avatar
कृष्ण तिमल्सिना

वाग्मती विशेष रिपोर्ट । प्रतिनिधि सभाको औपचारीक कार्यकाल सुरु भई सकेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले अबको ५ वर्ष संसदमा कस्तो भुमिका खेल्लान् यो प्रश्न महत्वपूर्ण छ । तर संसदको बैठक सुरु नहुँदै दलहरुमा महत्वपूर्ण पद व्यवस्थापनमा देखिएको हानाथापले थुप्रै आशंका जन्माएको छ ।

यही आशंका चिर्दै संसदले प्रधानमन्त्री र सभामुख त चुनेको छ तर अव राष्ट्रपति को बन्ला ? अर्को बहश सुरु भएको छ ।

आउँदो फागुन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल सकिदै छ । त्यसैले फागुन २५ गते प्रतिनिधि सभाबाट मुलुकले नयाँ राष्ट्रपति पाउनेछ । सत्ता समीकरणका लागि नयाँ गठबन्धन बनेपछि राष्ट्रपति पनि एमालेकै भागमा परेको र एमालेकै कोटाबाट मुलुकले नयाँ राष्ट्रपति पाउने विश्लेषण भइरहेको बेला सत्ता गठबन्धन भित्र मतएकता छैन ।

किनकी सभामुख एमालेले पाएको छ र सभामुख चुनिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस प्रती निकै उदार देखिएका छन् । किनकी संसदमा ठूलो दल भएर पनि प्रमुख प्रतिपक्षीको भुमिकामा धकेलीएको कांग्रेसले निश्चित शर्त र स्वार्थका कारण दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको आंकलन अझै भईरहेको छ । तर पनि आजसम्म कांग्रेसले सत्ता गठबन्धनको सद्भाव र सहयोगमा कुनै महत्वपूर्ण पद पाईसकेको छैन ।

संघदेखि प्रदेशसम्म सत्ता गठबन्धन कै सुविधाजनक बहुमत रहेको अवस्थामा सत्ताईत्तरका दलहरुले जस्तोसुकै मोर्चावन्दी गरे पनि महत्वपूर्ण पद पाउन कठिन छ भन्ने गतिलो उदाहरण सभामुख अथवा मुख्यमन्त्रीहरु च्यनका क्रममा समेत देखिई सकेको छ । यो अवस्थामा कांग्रेसले राष्ट्रपतिका लागि कुन रणनीति अप्नाउला ? नेताहरु नै अलमलमा छन् ।

निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको तयारी थालिसकेको छ । तर एमालेले कसलाई राष्ट्रपति बनाउला, त्यसबेला माओवादी लगाएतका गठबन्धन दलको भुमिका के रहला तथा कांग्रेसबाट को राष्ट्रपतिको प्रत्यासी बन्ला भन्ने अझै प्ष्ट छैन ।

एमालेभित्र राष्ट्रपति बन्नका लागि धेरै पात्रहरु च्र्चामा छन् । अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु नै राष्ट्रपति बन्न सक्ने विश्लेषण भई रहेको बेला सभामुख चयनका क्रममा पनि ठ्याक्कै त्यस्तै देखिएको छ ।

नेताहरु भन्छन्– अहिलेको गठबन्धनबाट झण्डै ३५ राजकीय सहित डेढ सय संवैधानिक पदमा यस्तै यस्तै नेता–कार्यकर्ताले अवसर पाउन सक्छन् । त्यसमा राष्ट्रपति चयन प्रक्रिया पनि खासै फरक नहुन सक्छ ।

सभामुख चयन प्रक्रिया सकिएपछि बहशमा आएको राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्षहरु युवराज ज्ञवाली, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य तथा अमृत कुमार वोहोराको चर्चा बढी छ ।

तर नयाँ गठबन्धन बनाउँदै गर्दा माओवादी केन्द्र जति सकरात्मक थियो, अहिलेको परिस्थिति उत्तिकै सहज अथवा समान छैन । राष्ट्रपति पद एमालेले नै पाउने तय भएपनि माओवादी केन्द्र केही स्वतन्त्र व्यक्तिलाई अघिसार्नुपर्ने पक्षमा देखिएको छ । तर एमाले नेतृत्व राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने अडानमा छ ।

जसमा उपाध्यक्ष युवराज ज्ञवाली र सुवास नेम्वाङ सबैभन्दा बलिया दाबेदार हुन् । एमालेभित्र ज्ञवाली धेरै शक्ति संघर्षमा नलाग्ने र स्वच्छ छवि भएका नेता हुन् र अध्यक्ष ओलीका सबैभन्दा विश्वास पात्र मानिन्छन् ।

एमाले नेताहरुका अनुसार राष्ट्रपतिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको चर्चा पनि उत्तिकै छ । तर कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेको नेतृत्वमा गठबन्धन बनाउन भुमिका खेलेका उपाध्यक्ष नेम्वाङले ज्ञवाली र शाक्यलाई पछि पार्न सक्ने देखिन्छ । यसका लागि एमाले भित्रैबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समेत चर्चा चलाउन थालिएको छ । यसो गर्दा एमालेले तत्काल प्रतिनिधि सभामा एक सिट गुमाउने छ । ज्ञवाली अथवा शाक्यलाई राष्ट्रपति बनाउँदा यो जोखीम रहन्न ।

अन्यथा नेम्वाङले चुनाव जितेको क्षेत्रमा पुनः उपचुनाव गर्नुपर्छ । संविधानको धारा ६४ (२) को व्यवस्था अनुसार, दुई पटक राष्ट्रपतिमा निर्वाचित व्यक्ति राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेकाले विद्या भण्डारी नै कायम रहने सम्भावना निकै कमजोर छ ।

नयाँ सत्ता समिकरणसँगै वाम धुब्रिकरणको चर्चा समेत सुरु भएकाले अर्को संभावना माधवकुमार नेपाल अथवा झलनाथ खनालसम्म जोडीन्छ । तर यसमा नेकपा एमालेको नेतृत्व सकरात्मक छैन ।  तर पनि राष्ट्रपति कसलाई बनाउने भन्ने वल अहिले पनि केपी ओली कै कोट मा छ ।

जो एकीकृत समाजवादीबाट चुनाव जितेका ९ सांसदलाई एमालेमा भित्र्याएर संसदमा ठूलो दल बन्ने रणनीतिमा देखिन्छन् । तर माधव नेपालको अस्तित्व स्विकानै चाहंदैनन् ।

तथापी यो रणनीति सफल बनाउन ओली जस्तै प्रधानमन्त्री दाहाल समेत प्रतिवद्ध हो भने, राष्ट्रपतिका लागि गठबन्धन भित्रका सबै आकांक्षीको उत्ति कै संभावना रहनेछ ।

भिडियो रिपोर्टका लागि तलको लिङ्कमा जोडिनोस्...

https://www.youtube.com/watch?v=zp23FhMKeFI


Advertisement

सम्बन्धित खबर