Wednesday Sep 09, 2026


एसिसी प्रिमियर कपः नेपालको पहिलो खेल मलेशियाविरुद्ध

Image
९ चैत २०७९, बिहिवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं : एशियाली क्रिकेट काउन्सिल (एसिसी) ले नेपालमा हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। एसिसीले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेल मलेसियाविरुद्ध खेल्नेछ।

नेपालले दोस्रो खेल ओमान र तेस्रो खेल कतारसँग खेल्नेछ।

आगामी वैशाख ५ गतेदेखि १८ गतेसम्म आयोजना हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्।

एशियाका १० देश सहभागि हुने यो प्रतियोगितामा जम्मा २४ खेल हुनेछन्। सहभागी १० देशलाई २ समूहमा विभाजन गरि प्रतियोगितामा सञ्चालन हुनेछ।

समूह ‘ए’ मा आयोजक राष्ट्र नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र ओमान छन्। समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई  छन्।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने राष्ट्र प्रतियोगिताको सेमिफाइनल खेल्ने छन्। प्रतियोगिताको विजेता आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छानिनेछ।

प्रतियोगिताका शीर्ष तीन स्थानमा रहने राष्ट्र एसिसी इमर्जिङ एशिया कपका लागि छनोट हुनेछन्।

Advertisement

सम्बन्धित खबर