Saturday Jun 06, 2026


नदीकिनारका अनधिकृत बस्ती सात दिनभित्र हटाउन महानगरको निर्देशन

Image
११ चैत २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाण्डौ।काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ। 


महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका संचरना हटाउन निर्देशन दिएको हो।


अन्यथा बल प्रयोग गरी संरचना हटाउने र हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित पक्षबाटै उठाउने चेतावनी महानगरले दिएको छ।

        

महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख छ।

Advertisement

सम्बन्धित खबर