Saturday Jun 06, 2026


ह्वाट्सएप र टेलिग्रामबाट करोडौँ ठगी, ९ चिनियाँ र १० नेपाली पक्राउ

Image
१५ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाण्डौ। मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट करोडौं ठगी गरेको अभियोगमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीको अभियोगमा ९ चिनियाँ र १० नेपाली पक्राउ परेका हुन्। 



अनलाइनबाट ठगी गर्न उनीहरुले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएको खुलेको छ। उक्त अवैध कारोबारमा मुख्य रुपमा चिनियाँ नागरिकहरु संलग्न रहेको खुलेको छ।


उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ।


ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो। 



प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ। 


उनीहरु अधिकांशलाई बूढानीलकण्ठ ननरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो। 

Advertisement

सम्बन्धित खबर