सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ। गत शुक्रबारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पुरै हिउँले ढाकेको स्थानीयले बताएका छन्।
नाम्चेमा मात्रै करिब ४ इन्च भन्दा बढी हिउँ जमेको छ। त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले जानकारी दिए। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए।
शनिबार दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र टलक्कै हिउँले टल्किएको छ। जसका कारण हिउँमा रमाउने पर्यटकहरु विहानैदेखि हिउँ खेल्न निस्किएको पर्यटन व्यवसायी नरेन्द्र राईले बताए। लामो समयको प्रतिक्षापछि भारी मात्रामा हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी, पर्यटन व्यवसायीदेखि स्थानीय समेत उत्साहित बनेका छन्।







Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay