Friday Sep 11, 2026


भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनलमा

Image
१२ फागुन २०७९, शुक्रवार
Avatar
नेपालि खबर

एजेन्सी । भारतलाई ५ विकेटले हराउँदै अष्ट्रेलिया आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति दक्षिण अफ्रिकाको केपटाउनमा भएको पहिलो सेमीफाइनलमा साबिक विजेता अष्ट्रेलियाले भारतलाई हराएको हो।


अष्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो। भारतका लागि कप्तान हरमनप्रित कौरले ३४ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेलिन्। जेमिनी रोड्रिगेजले ४३ रन बनाउँदा दिप्ती शर्माले अविजित २० रन बनाइन्। रिचा घोषले १४ तथा स्नेहा रानाले ११ रन बनाइन्।

अष्ट्रेलियाका लागि ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले समान २र२ विकेट लिइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।  अष्ट्रेलियाका लागि बेथ मुन्नीले ३७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेलेकी थिईन्। कप्तान मिन ल्यानिङले ३४ बलमा अविजित ४९ रन बनाउँदा अश्लिग ग्राडनिरले ३१ रन बनाईन्। अलेशा हिस्लीले २५ रन बनाउँदा ग्रेक ह्यारिसले ७ रन बनाइन्।

भारतका लागि शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले समान १–१ विकेट लिए।

जितसँगै सातौं पटक फाइनल प्रवेश गरेको अष्ट्रेलियाले उपाधिका लागि आज हुने दक्षिण अफ्रिका र इंग्ल्याण्डको विजेतासँग आइतबार खेल्नेछ।


Advertisement

सम्बन्धित खबर