दोलखा । जिल्लाका अन्य स्थानीयतह सुस्त गतिमा योजना सम्झौता भैरहँदा दोलखाको बैतेश्वर गाउँपालिकाले भने चालु वर्षमा वितरण गरेका ९० प्रतिशत भन्दा बढी योजना सम्झौताको काम सकेको छ । धेरै जसो स्थानीयतहले योजना सम्झौता र निर्माण सक्न असार पर्खिने चलन छ ्। तर बैतेश्वर गाउँपालिकाले पुस मसान्तसम्म सबै योजनाको सम्झौता सकेर निर्माण सकिएका करिब ६५ प्रतिशत योजनाको भुक्तानी नै दिइ सकेको छ ।
हिउँदे गाउँसभा सुरु हुनै लाग्दा गत साउनको पहिलो गाउँ सभामा वितरण गरिएका दुई सय ६२ योजना मध्ये करिब ९५ प्रतिशत योजना सम्झौता भैसकेको बैतेश्वर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको प्राविधिक शाखाको नियमित बैठकमा ९५ प्रतिशत योजनाहरु सम्झौता भएर धमाधम निर्माण भैरहेको गाउँपालिका योजना अधिकृत वासुदेव दाहालले, प्राविधिकहरुलाई रिपोर्ट बुझाएका थिए । आठ वटा वडा रहेको बैतेश्वरमा वडा नम्बर–१ मा ३८ वटा योजना परेकोमा एउटा योजना बाहेक अन्य सबै योजनाको सम्झौता सम्पन्न भएर १९ वटा योजनाको भुक्तानी भएको वडा–१ का प्राविधिक रामकुमार खड्काले बताएका छन् ।
त्यस्तै वडा नम्बर–२ मा २० वटा योजना रहेकोमा १८ वटा योजना सम्झौता भएको छ भने २ वटा योजना सम्झौताको प्रक्रियामा रहेको वडा नम्बर–२ का प्राविधिक रबिन्द्र खत्रीले बताएका छन् । वडा–३ मा ३८ वटा योजना रहेकोमा २९ वटा योजनाको सम्झौता भैसकेको छ भने,४ वटा योजना सम्झौता हुन बाकी रहेकोे पाइएको छ ।
त्यसैगरी वडा नम्बर–४ वितरण गरिएका ३५ योजना मध्ये ३३ वटाको सम्झौता भएको छ् भने, वडा नम्बर–५ मा जम्मा २७ वटा योजना मध्ये २७ वटाकै सम्झौता भएर १९ वटा योजनाको भुक्तानी भैसकेको वडा नम्बर–५ प्राबिधिक राम्जि दाहालले जानकारी दिएका छन् । यस वडामा ६ वटा योजना निर्माणको चरणमा रहेका छन् ।
त्यसैगरी वडा नम्बर–६ मा वितरण गरिएका ३५ वटा योजना मध्ये १२ वटाको सम्झौता हुन् बाकी रहेको छ । यस वडामा १४ वटा योजनाको काम जारी रहेकोे छ ।
वडा नम्बर–७ मा वितरण भएका २८ वटा योजना मध्ये २५ वटाको सम्झौता भैसकेको छ भने, ३ वटा योजनाको सम्झौता हुन् बाकी रहेको वडाले जनाएको छ ।
त्यसैगरी वडा नम्बर–८ मा रहेका १८ योजना मध्ये १८ वटै योजनाको सम्झौता भएको छ छ । त्यसैगरी प्रधानमन्त्री स्वरोजगार अनुदानबाट वितरण भएका २३ योजना मध्ये १६ वटाको सम्झौता भएको छ । ७ वटा योजनाको सम्झौता हुन् बाँकी रहेकोे योजना अधिकृत दाहालले जानकारि दिएका छन् ।
गाउँपालिका सव– इन्जिनियर विस्वास घिमिरेका अनुसार, ठेक्का मार्फत निर्माण हुने ११ वटा ठुला योजना मध्ये ४ वटाको सम्झौता सम्पन्न भएको छ । सम्झौता हुन् बाँकी रहेका आंशीक योजनाको सम्झौता हिउँदे गाउँसभा अघिनै सकाउन गाउँपालिका प्रमुख प्राबिधिक इन्जिनियर युधिष्ठिर केसीले वडाका प्राविधिकलाई निर्देशन दिएका छन् ।
बैतेश्वर गाउँपालिका चालु वर्षको बजेटबाट शिक्षा, स्वास्थ्य, बाटोघाटो, सडक, खानेपानी, कृषि लगायतको क्षेत्रमा बजेट विनियोजन गरेर धमाधम काम गरिरहेको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay