Thursday Sep 10, 2026


एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

Image
२७ कार्तिक २०७९, आइतवार
Avatar
नेपालि खबर

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । 
आज बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले सरकारलाई विश्वासको मत दिने र प्रतिपक्षमा बस्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिए । उनले आफ्नो पार्टीले राखेका एजेन्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताए । 

प्रधानमन्त्री दाहालले बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । उनी १६९ सांसदको समर्थनुसहित १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए  । 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९

Advertisement

सम्बन्धित खबर