Thursday Sep 10, 2026


कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि एअर एम्वुलेन्समा भारत लगिँदै

Image
४ फागुन २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौँ ।  ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । 

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई देश बाहिर लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ । 

नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय  हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।  राति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो । भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।


Advertisement

सम्बन्धित खबर