काठमाडौं।राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दैछन्।
प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेका छन्।
उनले बिहीबार दलहरूसँग छलफल गरेपछि पुनः कांग्रेससँग छलफल गरेर राष्ट्रपति उम्मेदवारको खाका बनाउने तयारी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। बालुवाटारमा बुधबार भएको छलफलमा पुरानो गठबन्धनका अन्य दलसँग पहिले प्रचण्डले छलफल गर्ने र त्यसपछि संयुक्त छलफल गरी राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति भएको थियो।
बिहीबार नै नेपाली कांग्रेसले आन्तरिक छलफल गरेर उम्मेदवार टुंगो लगाउने भएको छ। त्यसका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने नेता पौडेलले जानकारी दिए।
कार्यसम्पादन समितिको बैठकको समय तय भइसकेको छैन। राष्ट्रपति पदमा शनिबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ। राष्ट्रपति पदमा नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेपछि कांग्रेस र माओवादी पुरानै गठबन्धन ब्युँत्याएर अघि बढ्ने तयारी गरेका हुन्। कांग्रेस नेतृत्वको गठबन्धन ब्युँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म मूर्तरूप लिने नेताहरूले बताएका छन्।
एकीकृत समाजवादीलाई बरु सरकारको नेतृत्व नै दिएर भए पनि पुरानो गठबन्धनलाई निरन्तरता दिनेसम्मको तयारी भइरहेको छलफलमा सहभागी नेताहरूले बताएका छन्।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।
प्रचण्ड छलफलमा व्यस्त
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पनि विभिन्न दलसँग छलफल गर्दैछन्।
प्रचण्डले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा तथा लोकतान्त्रिक समाजवादी लोसपासँग पुनः छलफलको तयारी गरेका छन्।
उनले बिहीबार दलहरूसँग छलफल गरेपछि पुनः कांग्रेससँग छलफल गरेर राष्ट्रपति उम्मेदवारको खाका बनाउने तयारी भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। बालुवाटारमा बुधबार भएको छलफलमा पुरानो गठबन्धनका अन्य दलसँग पहिले प्रचण्डले छलफल गर्ने र त्यसपछि संयुक्त छलफल गरी राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति भएको थियो।
बिहीबार नै नेपाली कांग्रेसले आन्तरिक छलफल गरेर उम्मेदवार टुंगो लगाउने भएको छ। त्यसका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने नेता पौडेलले जानकारी दिए।
कार्यसम्पादन समितिको बैठकको समय तय भइसकेको छैन। राष्ट्रपति पदमा शनिबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ। राष्ट्रपति पदमा नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेपछि कांग्रेस र माओवादी पुरानै गठबन्धन ब्युँत्याएर अघि बढ्ने तयारी गरेका हुन्। कांग्रेस नेतृत्वको गठबन्धन ब्युँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म मूर्तरूप लिने नेताहरूले बताएका छन्।
एकीकृत समाजवादीलाई बरु सरकारको नेतृत्व नै दिएर भए पनि पुरानो गठबन्धनलाई निरन्तरता दिनेसम्मको तयारी भइरहेको छलफलमा सहभागी नेताहरूले बताएका छन्।
यसैबीच, राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक भएको मतदाता नामावलीमा दाबी विरोधको उजुरी दिने आज (बिहीबार) अन्तिम दिन हो। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्का ३ जना सांसद बाहेकको नाम छ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन्। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन।
प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन्। त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा नरहेका हुन्।
आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय बिहीबार मध्याह्न १२ बजेसम्म छ।
प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि बिहीबार १२ बजेसम्म दरखास्त दिन पाउनेछन्। यस्तै, नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। उक्त समयमा उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay