Friday Sep 11, 2026


कांग्रेसको नेतृत्वमा सत्ता बाहिर रहेका दलहरूबीच मोर्चाबन्दी

Image
४ माघ २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा सत्ता बाहिर रहेका दलहरुले मोचाबन्दी गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरुको छलफलमा विपक्षी मोर्चालाई बलियो बनाउने सहमति बनेको हो ।

बैठकपछि सत्ता गठबन्धन बाहिरका अरु दलहरुलाई समेट्ने प्रयास जारी रहेको नेकपा एसका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘चुनाव भोलि हो। आज रातभरी पनि कुराकानी हुन्छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रतिपक्ष भूमिका निर्वाह गर्नेहरुले जनताको आवाजलाई बलियो बनाउका लागि पनि एकमत बनाएर जाने कोशिस हुन्छ ।’

उनले कांग्रेसलाई सभामुखका समर्थन गर्ने निर्णय गरेको समेत बताए । कांग्रेस, जसपा, लोसपालगायतका दलहरुसँग छलफलपछि नै उपसभामुखको उम्मेदवारबारे टुंग्गो लाग्ने उनको भनाइ छ ।


 

Advertisement

सम्बन्धित खबर