Wednesday Sep 09, 2026


काठमाण्डौमा हल्का वर्षा, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

Image
२४ फागुन २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौ ।काठमाण्डौ उपत्यका सहित वाग्मती प्रदेशका विभिन्न जिल्लामा आज विहानैदेखि हल्का वर्षा सुरु भएको छ । पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


मौसमविद् वरुण पौडेलका अनुसार अहिले देशभरकै मौसम बदली भएको छ । पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको र काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा दिनभर हुने सम्भावना छ।


विभागका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । यस्तै, हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपात हुनेछ । हिमाली क्षेत्रका एक दुई ठाउँमा अहिले पनि हिमपात भइरहेको मौसमविद्ले बताएका छन् । 


आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च  पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । 


मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

 

Advertisement

सम्बन्धित खबर