Saturday Jun 06, 2026


लुम्बिनीले जित्याे नेपाल टी–२० क्रिकेट लिगकाे उपाधि, विराटनगर २४ रनले पराजित

Image
२७ पुष २०७९, बुधवार
Avatar
नेपालि खबर

वाग्मती खेल व्यूरो । काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगकाे उपाधि लुम्बिनी अल स्टार्सले जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेकाे हाे । 

लुम्बिनीले दिएकाे एक सय ३४ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नाै रनमात्रै बनाउन सक्याे । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्काेटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई/दुई विकेट लिए 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयाे । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाए । विराटनगरका नन्दन यादव र राज नन्नानले दुई/दुई विकेट लिए ।

यो सँगै विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ पुरस्कार पाएकाे छ । यस्तै उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।  

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्ग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाइट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड गरी छ टोलीको सहभागिता थियो ।

Advertisement

सम्बन्धित खबर