काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आजलाई बोलाइएको छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो।
रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन्।
आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी भन्ने तोकिएको छैन ।
प्रधानमन्त्रीले दलका सचेतकसँग छलफल गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्ने भएका छन्। छलफलका लागि सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका लागि सोमबार बिहान ९ बजे सबै दलका प्रमुख सचेतकलाई बालुवाटारमा बोलाइएको छ। यो छलफलमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको विजिनेसका विषयमा कुराकानी गर्ने छन्। छलफलमा संसदका आगामी बैठकलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकसँग राय माग्नेछन्।
सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थक कायम राख्दै सरकारबाट बाहिरिएपछिको विषय पनि छलफलमा उठ्न सक्नेछ। आइतबारमात्रै रास्वपाका सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay