Friday Sep 11, 2026


राष्ट्रिय सुरक्षामा लापर्वाही: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे !

Image
१६ फागुन २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी  जनाएकी छिन ।


मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री देउवाको पत्नि राणाले नेपाली सेना र बहालवाला जर्नेलहरुको ब्यक्तिगत डाटासमेत टर्कीमा देखा परेको जनाएकी हुन । 


‘मलाई त अचम्म लाग्यो, विश्वास नै गरेकी थिइन तर हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो, जर्साबहरूको सबै इमेलहरु पनि टर्कीमा देखियो, जर्नेल साहेबहरुको पर्सनल इमेल पनि त्यहाँ देखिएको थियो,’ उनले दावी गर्दै भनिन, ‘भोलि हाम्रो सुरक्षासम्बन्धी गोप्य राख्नु पर्ने कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिदो रहेछ, त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी मजबुत बनाउने भन्नेमा तत्कालै गम्भिर हुन जारी छ ।’


उनका अनुसार सरकारको बेभसाइट पनि भर्खरै हयाक भएको जनाउँदै केन्द्रिय सदस्य राणाले  साइबर सुरक्षाका लागि सरकारले गम्भिर भएर लाग्नु पर्नेमा जोड गरेकी छिन् ।


नेपाली सेनाको डाटामा टर्कीमा उपलब्ध हुनु गम्भिर रहेको उल्लेख गर्दै तत्कालै त्यसको समाधान गर्नु पर्ने उनको भनाई छ । सरकारले यसवारेमा गम्भिर लिएन भने सरकारी गोप्य सुचनाहरु अन्य देशका नागरिकले सहजै प्राप्त गरिरहने खतरातर्फ सर्तक रहन उनले पनि जोड गरिन ।  

Advertisement

सम्बन्धित खबर