Saturday Jun 06, 2026


नेपाललाई पीएनजीले दियो १८० रनको लक्ष्यः दबाबमा नेपाल

Image
१९ फागुन २०७९, शुक्रवार
Avatar
खेलकूद ब्युरो

काठमाडौंः विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई एक सय ८० रनको लक्ष्य दिएको छ। दुबई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ७९ रनको योगफल तयार गर्यो।


पीएनजीका लागि ओपनर टोनी उराले ५१ बलमा चार चौका र एक छक्कासहित ३९ रनको इनिङ खेले। अर्का ओपनर किप्लिन डोरिगा २६ रनमा आउट हुँदा हिरी हिरीले ३१ रनको योगदान गरे।


अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चेर एक मेडनसहित दुई–दुई विकेट लिए।


सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले एक एक विकेट लिए।  बिहीबार यूएईविरुद्धको हारसँगै नेपालको शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोट खेल्ने सम्भावना चुनौतीपूर्ण बनेको छ। 

बाँकी ६ खेलमा जित निकाले मात्रै नेपालले १२ अंक जोड्दा नामिबियालाई उछिन्ने छ। नेपालको अहिले २८ अंक छ। नामिबियाको ३९ अंक छ।


स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमानले पनि दोस्रो स्थान सुरक्षित गरिसकेको छ। नेपालले भोलि पपुवा न्युगिनी (पीएनजी)सँग र सोमाबर यूएईसँग यो शृंखलाको अन्तिम एकदिवसीय खेल्ने छ। 


मार्च ९ देखि कीर्तिपुरमा नेपालले लिग २ को अन्तिम शृंखलाको आयोजना गर्नेछ। अब एउटा मात्रै खेलमा पराजित भए पनि नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त हुनेछ। यस्तै, एकदिवसीय शृंखला जोगाउन पनि शीर्ष पाँचमा पुग्नुपर्ने दबाब छ।तर यो समाचार तयारपार्दासम्म,आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो विकेट गुमाएपछि दबाबमा आएको छ। 


पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४६ रन बनाएर खेलिरहेको छ। 


ओपनर कुशल भुर्तेल ओभरको पहिलो बलमा नै सेमो कामियाको बलमा डक आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ६ रनमा क्याच आउट भए। भीम सार्की ९ रनमा क्याच आउट भए। 


अहिले क्रिजमा आशिफ शेख २२ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्। पीएनजीका सेमोले २ विकेट लिए। 


त्यसअघि दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो।

Advertisement

सम्बन्धित खबर