Saturday Apr 18, 2026


नेप्सेमा २२ अंकको गिरावट,१३ वटै उपसमूहको सूचक नकारात्मक

Image
१९ माघ २०७९, बिहिवार
Avatar
आर्थिक ब्युरो

 काठमाडौ । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेको थियो। सो दिन १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रूपैयाँको सेयर खरिदबिक्री भएको थियो।

साताको पहिलो, दोस्रो र तेस्रो कारोबार दिन नेप्से परिसूचक निरन्तर ओरालो लागेको  थियो।

यसदिन  २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर २ अर्ब ९६ करोड ४ लाख १९ हजार १६१ रुपैयाँमा खरिदबिक्री भयो ।

यसदिन एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टड बैंक शीर्षस्थानमा रह्यो । सो बैंकको १० करोड १३ लाख बढिको सेयर कारोबार भयो ।

५ करोडको सेयर कारोबार गरी एनआईसी एसिया बैंक दोस्रो स्थानमा र  ४ करोड मूल्य बढिको कारोबार गरी आईएमई जनरल इनस्योरेन्स तेस्रो स्थानमा रह्यो ।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नेगेटिभ देखिएको छ। हाइड्रोपावर र लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ओरालो लागेको हो।

Advertisement

सम्बन्धित खबर