Wednesday Sep 09, 2026


निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई छाड्दिनः गृहमन्त्री लामिछाने

Image
३० पुष २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई जनताले अपेक्षा गरेर पठाएको बताएका छन्।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर दोषीलाई कारबाही गर्ने बताए।

उनले भने, मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन्। मैले आफ्नो स्वाद अनुसारले न्याय अन्याय छुट्याउने र अनुसन्धानमा प्रभाव गर्ने गर्न पाउँदिन। तपाईँको मागमा कुन ढंगले अनुसन्धान अगाडि बढ्छ भनेर हेरिरहेका छौँ। अघिल्लो पटक भएको कमीकमजोरीले न्याय निरूपणमा ढिलाइ भयो कि। त्यो कमजोरीहरूलाई पनि सच्चाउनु छ।’

उनले आफूले घटनाको संवेदनशीलता र जटिलतालाई बुझेको उल्लेख गर्दै आरोपीलाई संरक्षण गर्नेमाथि नै कारबाही गर्ने उद्घोष गरे।

घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरेर छाड्ने बताउँदै घर्नामा बसेकालाई ढुक्कसँग घर फर्किन आग्रह गरे।


Advertisement

सम्बन्धित खबर