Saturday Jun 06, 2026


निर्णायक खेलमा नेपालले टस हारेर यूएईविरुद्ध बलिङ गर्दै

Image
२ चैत २०७९, बिहिवार
Avatar
खेलकूद ब्युरो

काठमाडौ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 



यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।



बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।


पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।


नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ ।

Advertisement

सम्बन्धित खबर