Saturday Jun 06, 2026


पल शाहको मुद्दामा सुनुवाइ सकियोः सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

Image
१४ फागुन २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडौ । सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाई हुने भएको छ। आइतबार सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। 


आइतबार सरकारी वकिल र पीडितका वकिलको बहस सकिएको छ। तर सन्दीप पक्षको बहस नसकिएपछि सोमबार पनि सुनुवाई हुने भएको हो। 


न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेशी तोकिएको छ। भोलि पनि यही इजलासमा सुनुवाई हुनेछ।


सन्दीपको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गरेका छन्सोमबार सरोजकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ र रोशनी घिमिरेले बहस गर्ने तयारी छ।


सन्दीप लामिछानेले आफू विदेश जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका छन्। उच्च सरकारी वकिल कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको अन्तिम टुंगो लगाउन माग गरेको छ। यी दुवै निवेदनको सँगै राखेर सुनुवाई भइरहेको हो। 

यसअघि शुक्रबार सन्दीपको रिटमा सुनुवाइ भएपनि विदेश जाने अनुमति बारे निर्णय भएको थिएन। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पीडितको तर्फबाट पनि रिट परेकाले सँगै राखेर हेर्ने र सन्दीपको निवेदन तत्काल टुंगो लगाउनु पर्ने देखिएकाले अग्राधिकार दिने आदेश गरेको थियो। 


उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्चमा पुगेका हुन्। 


सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन र धरौटी घटाउनसहितका माग गरेका छन्। तर पीडितको तर्फबाट सरकारले भने बलात्कारजस्तो गम्भीर मुद्दाका आरोपीलाई थुनाबाहिर राख्न नपाउने भन्दै थुनामै राखेर मुद्दाको सुनुवाई गर्न माग गरेको छ।

पल शाहको मुद्दामा सुनुवाइ सकियो, फैसला आउन बाँकी

बाल यौन दूरुपयोगको मुद्दामा दोषि ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ भएको छ।


उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासमा सुनुवाई सकिएको हो। फैसला भने आउन बाँकी छ। अब केहीबेरमा फैसला हुनेछ। 


जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा पल शाहलाई सफाई दिएको थियो। तर बाल यौन दूरुपयोग गरेको ठहर गर्दै उनलाई साढे २ वर्ष कैदको फैसला गरेपछि त्यसविरुद्ध पल उच्च अदालत गएका हुन्। पलले आफूलाई सफाई दिन माग गरेका छन्। 


यस्तै, सरकारी वकिल कार्यालयले भने पललाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेको छ।दुवै पक्षको पुनरावेदनपछि उच्च अदालतले आज फैसला गर्दैछ।


उच्चले पललाई सफाइ दिए उनी छुट्ने छन्। तर जिल्लाको फैसला सदर गरे वा थप सजाय गरे पलको कैदयात्रा लम्बिनेछ।


Advertisement

सम्बन्धित खबर