Saturday Apr 18, 2026


पश्चिम नेपालको पर्यटनमा नयाँ कोशेढुंगा: मानसरोवर र खप्तड (फोटो फिचर)

Image
३० पुष २०७९, शनिवार
Avatar
नेपालि खबर

वाग्मती विशेष । 

भारतीय पर्यटकका लागि कैलाश मानसरोवर दर्शन एक ठूलो इच्छा र आकांक्षा हो। हिन्दु धर्म मान्नेका लागि कैलाश मानसरोवर पुग्न सबै समस्याबाट मुक्ति पाउनु र जिउँदै स्वर्ग पुग्नुजस्तै हो।

जसको ज्वलन्त उदाहरण गएको केही महिनाअगाडि भारतीय धर्मगुरु सदुगुरुले देखाइसकेका छन्। उनले यसपटक नेपालबाटै मानसरोवरको दर्शन गरेका थिए। यसले नेपाली भूमि र पर्यटनको अपार सम्भावना बाहिर ल्याएको छ।


मनोरम कैलाश मानसरोवर

मनोरम कैलाश मानसरोवरभारतीय पर्यटकलाई निकै कठिन हुने मानसरोवर दर्शन अब धेरै सहज हुने भएको छ। नेपालगञ्जबाट सोझै मानसरोवरको दर्शन पाउने गरी अब माउन्टेन फ्लाइट हुने भएको छ। नाट्टा बाँकेको पहलमा यसपटक अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा मानसरोवर फ्लाइट हुने भएको हो।

मनोरम कैलाश मानसरोवर

यसपटक नेपालगञ्जमा हुने गइरहेको वेष्टर्न ट्राभल मार्टमा भारतीय ७५ जना टूर अपरेटर आउँदैछन्। उनीहरुले पनि कैलाश मानसरोवर दर्शन गर्नेछन्। हवाई उडानबाटै कैलाश मानसरोवर दर्शन गरेपछि उनीहरुले पर्याप्त मात्रामा भारतीय पर्यटक नेपाल पठाउनेछन्।

मनोरम कैलाश मानसरोवर

अनि हप्तैपिच्छे वा अफर आएको खण्डमा नेपालगञ्जबाट जहाजमा कैलाश मानसरोवर दर्शन गर्न सकिनेछ। सस्तो र सजिलै हुने गरी नेपालगञ्जबाटै उडान भरेर कैलाश मानसरोवर दर्शन गर्न पाउनु भारतीय पर्यटकका लागि ठूलो उपलब्धि हुनेछ।

मनोरम कैलाश मानसरोवर

किनकि यसअघि भारतीय पर्यटक मानसरोवर पुग्न काठमाडौँ आएर, नेपालगञ्ज पुगेर त्यहाँबाट हुम्ला सिमकोट झरेर हिँड्दै वा हेलिकोप्टर चार्टर गरेर मानसरोवर जानुपर्ने झन्झटिलो बाध्यतामा थिए।

मनोरम खप्तड क्षेत्र

तर अब सहजै उनीहरुले नेपालगञ्जबाटै उडान भरेर अब कैलाश मानसरोवर दर्शन गर्न पाउने भएका छन्।

जसको पहिलो उडान माघ महिनाको १५ वा १६ गते हुने भएको छ। माघ १४ गतेदेखि नेपालगञ्जमा सुरु हुने वेष्टर्न ट्राभल मार्टमा नेपालगञ्ज–मानसरोवर उडानको उद्घाटन पनि गर्न लागिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताएका छन्।

खप्तड राष्ट्रिय निकुन्जमा पर्ने राराको सुन्दर दृष्य

‘नेपालगन्जदेखि प्रसिद्ध धाम कैलाश मानसरोवर प्रवर्द्धनात्मक उडान मार्फत हवाई दर्शन प्रारम्भ गर्दैछौं। बुद्ध एयरको ७२ सिट जहाजमार्फत गराइने कैलाश मानसरोवरको हवाई दर्शनको यो यात्राले नेपालगन्ज मात्र नभई पश्चिम नेपालकै पर्यटन विकासमा ठूलो टेवा पुर्‍याउने छ भन्ने विश्वास लिएका छौं’ अध्यक्ष सिग्देलले आशा र खुसी व्यक्त गर्दै भनेका छन्, ‘आशा छ यो अभियानलाई सबैले साथ दिएर दिगो बनाउनुहुनेछ ।’

खप्तड राष्ट्रिय निकुन्जमा देखिने हिम चितुवा

यसअघि उनकै पहलमा नेपालगञ्ज–पोखरा उडान सम्भव भएको थियो। अहिले नेपालगञ्जदेखि मानसरोवर उडान सुरु गरेर भारतीय विभिन्न शहरबाट सोझै नेपालगञ्ज उडान भर्ने तयारीका पनि पहल भइरहेको छ। यसले पश्चिम नेपालको पर्यटन विकासमा नयाँ कोशेढुंगाका रुपमा काम गर्नेछ।

‘पर्यटकीय हिसाबले पश्चिम नेपाल उत्कृष्ट छ। रारा, फोक्सुन्डोदेखि मानसरोवर र खप्तड धेरै उत्कृष्ट पर्यटकीय गन्तव्य हुन्’ उनले सारमा भने, ‘अब यसको विकासका लागि हवाई मार्ग जोडिनुपर्छ। उडान थपिनुपर्छ। यसका लागि हामीले पहल गरेका छौँ। मानसरोवर उडान सुरु भए पश्चिम नेपालको पर्यटनमा नयाँ कोशेढुंगा हुन्छ ।’

Advertisement

सम्बन्धित खबर