Wednesday Sep 09, 2026


पशुपति धर्मशालामा बतास समुहलाई दिइएको सम्झौता फिर्ता

Image
२६ कार्तिक २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौं । बतास समुहलाई दिइएको पशुपति धर्मशालामा होटल सञ्चालनको लागि दिइएको सम्झौता फिर्ता लिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका हुन् ।

 

छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको मन्त्री आलेले बताएका हुन् । अब धर्मशाला बतास समूहले सञ्चालन गर्न नपाउने भएको छ । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।


Advertisement

सम्बन्धित खबर