Thursday Sep 10, 2026


राष्ट्रपतिका लागि अर्को सरप्राईजः राष्ट्रपति बन्न माधव नेपाललाई ओलीको प्रस्ताव

Image
९ फागुन २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।  

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउन सक्ने आँकलन गर्दै ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन्। महाराजगञ्जस्थित एक घरमा भएको चार घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्न र राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेका हुन्।


राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले पदाधिकारी बैठक गरेरै पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएपछि ओलीको यस्तो प्रस्ताव आएको हो।


माओवादी केन्द्रले राष्ट्रतिमा कसलाई समर्थन गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन। उसको पदाधिकारी बैठकले राष्ट्रपतिलाई सघाउने  जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।  

कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पुर्‍याउने लिखित सहमति खोजेका छन्। माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन्। ओलीसँगको भेटपछि अध्यक्ष नेपालले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जानकारी गराएका थिए।


कांग्रेसले भने कसलाई राष्ट्रपतिको उम्मेदवार बन्ने भने अझै टुंगो लागेको छैन। कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा बढेका वेला सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्न दबाब दिएका छन्।​


कांग्रेसका एक शीर्ष नेताले सभापति देउवालाई उम्मेदवार बनाउने चर्चा हुनु र निर्णय लिन ढिलो हुनु संयोग मात्रै नभएको बताए। यद्यपि सभापति देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाउने वचन दिएकाले आफैँ अघि सर्दा पदको लोभ गरेको आरोप लाग्न सक्ने भएकाले देउवा नैतिक संकटमा परेको उनको भनाइ छ। ​


कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक भने सभापति नै राष्ट्रपतिका लागि अघि सर्नेमा आफूलाई विश्वास नभएको दाबी गर्छन्।

Advertisement

सम्बन्धित खबर