Wednesday Sep 09, 2026


सभामुखका लागि मनोनयन दर्ता आज हुँदै

Image
४ माघ २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडाैँ – प्रतिनिधिसभाकाे सभामुखका लागि बुधबार मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। जस अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ। मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ। गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन् । यद्यपि, एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् ।

Advertisement

सम्बन्धित खबर