काठमाडौ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी सर्वोच्च अदालतले आजका लागि तोकेको छ।
उच्च अदालत पाटनको उक्त आदेशमा भएको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा १५औँ नम्बरमा छ।
नाबालिग बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेश बमोजिम २० लाख धरौटी तिरेर रिहा भएका थिए। तर उक्त आदेशले लामिछानेलाई विदेश जान, पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिका–टिप्पणी गर्न भने रोक लगाएको छ।
अदालतको फैसलाले सन्दीप यूएईमा जारी नेपाल-यूएई र पपुवा न्यूगिनी सम्मिलित विश्वकप लिग टू त्रिकोणात्मक सिरिजका परेनन्। नेपालमा भएको सिरिजमा महत्वपुर्ण योगदान गरेका सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay