Saturday Jun 06, 2026


सन्दीपलाई दुबई लैजाने प्रक्रिया सुरुः नेपाली क्रिकेट टोली शनिबार युएई जाने

Image
११ फागुन २०७९, बिहिवार
Avatar
खेलकूद ब्युरो

काठमाडौ ।नेपाल क्रिकेट संघ क्यानले खेलाडी सन्दीप लामिछानेलाई यूएई भ्रमणमा लैजान पहल गरिदिन नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आग्रह गरेको छ । सन्दीपमाथि नाबलिग जबरजस्तीकरणीको आरोप लागेको छ । उनलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख धरौटीमा ससर्त रिहा गरेको थियो । 

सन्दीपलाई विदेश जान रोक लगाइएको छ भने काठमाडौं उपत्यका छाड्दा पनि जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्नेछ । काठमाडौं छाड्ने र फर्किने मिति र आफू रहेको स्थानको नामसमेत जनाउनुपर्ने आदेशमा उल्लेख छ । यही अदालतको आदेश भित्रै बसेर  नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओ.डि.आई. सिरिज खेल्न युएई लैजान प्रक्रिया अघि बढाएको हो ।

नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ । तर सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाएकाले क्यानले राष्ट्रिय खेलकुद परिषद्(राखेप) मार्फत अदालत्ले भनेको प्रक्रिया भित्रै रहेर प्रक्रिया अघि बढाएको हो । 

मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओ.डि.आई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए । दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए ।

नेपालले पहिलो पटक लिग २ मा सबै चारै खेलमा जित हात पारेको छ भने युएईमा हुने लिग टु अन्तर्गत्को खेल नेपालका लागि अन्तिम तथा निर्णायक समेत हो । जहाँ नेपालले युएई र पपुवा न्युगिनीसँग दुई दुई खेल खेल्नेछ । त्यसपछि घरेलु मैदान मै पुनः युएई र पपुवा न्युगिनीसँग समान दुई खेल खेल्नु पर्नेछ । नेपाललाई आ.ेडि.आई मान्यता बचाउन ८ मध्य पाँच खेल जित्नै पर्ने दवाव छ । यस्तै शीर्ष तीनमा रहेको अवस्थामा नेपालले सोझै विश्वकप छनोट खेल्न सक्छ तर यसका लागि सबै खेल जित्नुपर्ने हुन्छ । यसका लागि सन्दिपको पुनरागमन निकै महत्वपूर्ण देखिएको छ ।

बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको भएपनि उक्त निलम्बन माघ १७ गतेको  बोर्ड बैठकले हटाएको थियो । माघ १९ देखि सन्दीपलाई नेपाली टोलीको क्याम्पमा राखेको क्यानले माघ २६ गते सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा गरेको थियो ।


Advertisement

सम्बन्धित खबर