Saturday Jun 06, 2026


सन्दीपविरूद्ध मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

Image
२० माघ २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धमा सर्वोच्च अदातले कैफियत प्रतिवेदन मागेको छ।  न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने आदेश मागेको हो।

न्यायाधीश फुयालको इजलासले कैफियत प्रतिवेदन मागेको आदेश अदालतको वेवसाइटमा उल्लेख छ।

उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेशी तोकिनेछ। लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्चमा सरकारका तर्फबाट महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो।

उच्च अदालत पाटनले पुस २८  गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो।

उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको  थियो।  लामिछानेलाई विदेश जान रोक लगाइएको छ। 

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । 

जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। 

जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो। 

Advertisement

सम्बन्धित खबर