काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनमाथि आज शुक्रबार सुनुवाइ हुँदैछ।
बलात्कारको अभियोग लागेका लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले विभिन्न आधार पेश गर्दै लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरेको छ।
धरौटीमा छुटेलगत्तै नेपाल क्रिकेट संघ क्यानले लामिछानेको निलम्बन फुकुवा गरिसकेको छ भने बिहीबारदेखि नै बन्द प्रशिक्षणमा बोलाएको छ। साथै क्यानले आगामी फागुन २ गते सुरु हुने विश्वकप लिग–टू को त्रिकोणात्मक श्रृंखलाका लागि राष्ट्रिय टोलीमै समावेश गरेर बन्द प्रशिक्षणको नयाँ सूची सार्वजनिक गरेको छ।
शुक्रबार सन्दीपको ‘फिटनेस टेष्ट’ गर्ने तयारी छ। विश्वकप लिग–२ श्रृंखलामा नेपाल, नामिबिया र स्कटल्याण्ड भिड्दैछन्।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay