१२ फागुन, काठमाडौं।सर्वोच्च अदालतले सर्वोच्च सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन अश्विकार गरेको छ । साथै सर्वोच्चले अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेले खेल प्रयोजनका लागि यूएई जान अनुमति माग्दै सर्वोच्चमा गत बुधबार निवेदन हालेका थिए । लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा भएको सुनुवाइ पछि अदालत्ले उनलाई देश छाड्ने अनुमति दिन अश्विकार गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आईसीसी क्रिकेट वल्र्ड कप लीग टु अन्तर्गत यूएई र पपुवान्यूगीनि विरुद्धको सिरिजका लागि यूएई जान तयार भएका लामिछानेलाई देश छाड्ने अनुमति दिन नमिल्ने अन्तरिम आदेश जारी गरेको छ । अन्तरिम आदेश पछि उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिँदा दिएको विदेश जान नपाउने प्रतिबन्ध कायम रहेको छ ।
सन्दीप यूएई जाने–नजाने निश्चित् नभएपछि विहिवार नै नेपाल क्रिकेट संघ (क्यान) ले स्पिनर लामिछानेलाई टिम बाहिर राख्दै नेपाली राष्ट्रिय टोली घोषणा गरेको थियो । बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेशमा २० लाख धरौटीमा रिहा भएपनि लामिछानेलाई विदेश जान, पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिका–टिप्पणी गर्न रोक लगाईएको छ । प्रतिवन्ध कै बीचमा क्यानले धरौटीमा रिहा भएका सन्दीपलाई यसै साता सम्पन्न भएको लिग २ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलमा टोलीमा समावेश गरेको थियो ।
मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओ.डि.आई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । सन्दिपले घरेलु मैदानमा सम्पन्न यो खेल लगत्तै बुधवार देश छोड्न नपाउने प्रतिबन्ध फुकुवाका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए । किनकी युएईमा हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल–यूएई र पपुवान्युगिनी बीच आगामी साता यूएईमा हुने सिरिजका लागि १५ सदस्यीय नेपाली टोलीले फागुन १५ गते पहिलो खेल खेल्दैछ । १५ फागुनमा पपुवा न्युगिनी, १८ फागुनमा युएई, १९ फागुनमा पपुवा न्युगिनी र २२ फागुनमा नेपालको अन्तिम खेल घरेलु टोली युएईसँग खेल्ने छ । एक दिवसीय वरीयता जोगाउनका लागि पनि महत्वपूर्ण उक्त सिरिजका लागि विदेश जान पाउँ भन्ने लामिछानेको निवेदन कै बीचमा सरकारले भने सन्दिपलाई थुना मै राख्न माग गर्दै गरेको पुनरावेदनको नियमित पेसी पनि शुक्रवार नै परेको थियो ।
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने शृंखलामा सहभागी हुन क्यानले घोषणा गरेको १५ सदस्यीय नेपाली टोलीमा पूर्वकप्तान लामिछाने नपरेको भएपनि कानुनी प्रक्रिया पुरा भएमा आईसिसीलाई विस्तृत जानकारि गराएर प्रतिश जिसीलाई हटाएर सन्दिपलाई समेट्ने क्यानले तयारी गरेको थियो । यसका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद् मार्फत समेत पहल थालेको थियो ।
विहिवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिदाइ समारोहका क्रममा पनि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले लेग स्पिनर सन्दीप नहुँदा नेपाली टोलीको युएई भ्रमण कठीन बन्ने प्रतिक्रिया दिएका थिए । नेपाली टोलीमा सन्दिप खेलका हिसावले सबैभन्दा अनुभवि र महत्वपूर्ण खेलाडी मानिन्छन् । तर अदालतले विदेश जान नपाउने प्रतिवन्धमा आंशीक फुकुवा गर्न अश्विकार गरेपछि नेपाली टोली लामिछाने बिनै मैदानमा उत्रने भएको छ ।
शनिवार युएई प्रस्थान गर्ने टोलीलाई बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बिदाइ तथा सम्मान गर्दै प्रत्येक खेलाडीलाई जनही दुई लाखसहित पुरस्कार गर्ने घोषणा गर्दा समेत सन्दिप लामिछानेलाई उच्च मनोवलका साथ खेल्न हौसला दिएका थिए । तर अदालत्को अन्तरिम आदेश पछि नेपाली टोलीको मनोवल स्वतः खस्किएको छ ।
सर्वोच्चद्धारा सन्दीप लामिछानेको विदेश भ्रमण माथिको प्रतिवन्ध कायमै, युएईमा हुने महत्वपूर्ण सिरिजमा लामिछाने सहभागी हुन पाएनन् ।।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay