काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १२.४३ अंकले वृद्धि भएर नेप्से २१८२.६१ बिन्दुमा आएर रोकिएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अंकले वृद्धि भइ ४१५.४२ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा अपी हाइड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबील बैंक र तेस्रोमा नगदी गु्रप पावरको कारोबार भएको छ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ। आजको कारोबारबाराही हाइड्रोको सेयर भाउ १० प्रतिशतले बढेको छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay