Saturday Jun 06, 2026


शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

Image
२० फागुन २०७९, शनिवार
Avatar
खेलकूद ब्युरो

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदैछन् ।


च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे एपीएफ र थ्री स्टार तथा बेलुका साढे ५ बजे मनाङ र हिमालयन शेर्पाबीच खेल हुनेछ ।


लिगमा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुवात गरेको छ । हिजो दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो । ‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।


लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

Advertisement

सम्बन्धित खबर