Saturday Jun 06, 2026


आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृंखला: टस जितेको नेपाल फिल्डिङ गर्दै

Image
९ फागुन २०७९, मङ्गलवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ को जारी शृंखलाको अन्तिम खेलमा पनि नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलामा नेपालले यसअघिका तीनवटै खेलमा जित निकालेको थियो। नेपालले फिल्डिङ रोजेपछि केहीबेरमा स्कटल्यान्डले ब्याटिङ गर्ने छ।  आज स्कटल्याण्डलाई पराजित गरे नेपालले लिग–२ को शीर्ष तीनको सम्भावनालाई अझ बलियो बनाउने छ। 

नेपालले आज गुल्सन झाको स्थानमा ललित राजवंशीलाई स्थान दिएको छ। यसअघि शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा पुनः नामिबियालाई तीन विकेटले नै हराएको थियो।

तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३५ खेलबाट ५० अंक जोडेको छ। स्कटल्यान्डले तीन खेल खेल्न बाँकी रहँदै लिग–२ को उपाधि जितिसकेको छ। ३४ खेलबाट ३७ अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ। छैटौं स्थानको नेपालले २७ खेलबाट २४ अंक जोडेको छ। 

Advertisement

सम्बन्धित खबर