पोखरा । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। हराइरहेकाहरूको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो ।
‘ब्ल्याक बक्स’ के हो ?
ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ ।
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । उक्त ‘ब्ल्याक बक्स’ विमान दुर्घटनाको कारण पत्ता लगाउनको निमित्त अत्यावश्यक मानिन्छ ।
यति एयरलाइन्सको मात्र नभएर दुर्घटनाग्रस्त जुनसुकै विमानको दुर्घटनाको कारण पत्ता लगाउनका निमित्त ‘ब्ल्याक बक्स’ को महत्वपूर्ण भूमिका रहने गर्छ । बोलीचालीको भाषामा यसलाई‘ब्ल्याक बक्स’ भनिए तापनी यसको वास्तविक रगं कालो भने हुँदैन । सामान्यतया यो उपकरण गाढा सुन्तला रगंको हुने गर्छ ।
यो उपकरण विमानको पछिल्लो भागमा राख्ने गरिन्छ । विमान दुर्घटना हुँदा विमानको पछिल्लो भागमा कम क्षति पुग्ने हुँदा यसलाई विमानको पछिल्लो भागमा राख्ने गरिन्छ । ‘ब्ल्याक बक्स’ फ्लाइट डेटा रेकर्डर रककपिट भोइस रेकर्डर नामका दुई भाग वा यि मध्य कुनै एक भाग रहने गर्छन् ।
उच्च तथा न्युन तापक्रम वा पानीको सतह मुनि पनि यी भागहरु नष्ट हुँदैनन् ।‘ब्ल्याक बक्स’ को फ्लाइट डेटा रेकर्डरले विमानमा रहेका अन्य उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो-पाइलटको अवस्था लगायतका डाटाको रकर्ड राख्दछ भने ककपिट भोइस रेकर्डरले पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड राख्दछ। यसमा सामन्यतया २५ घण्टाको रेकर्डिङ हुने गर्छ ।
यी दुई भागहरुका डाटालाई विश्लेषण गरे पस्चात विमान दुर्घटनाको कारण पत्ता लाग्न सक्छ । पुराना विमानहरुको डाटा विश्लेषण गर्नका लागि विदेश पठाउन पर्ने अवस्था रहेतापनि हालका विमानहरुमा अधिकांश डाटाहरु डिजिटल माध्यममा रहने हुँदा यसको विश्लेषण नेपालमा गर्न सम्भव रहेको बताइन्छ भने कुनै केसहरुमा विदेशी विज्ञहरुको पनि सहयोग लिने गरिएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay