काठमाडौं । हाल कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षा हुनेछ ।
भोलि (बिहीबार) कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay