Saturday Jun 06, 2026


कर्णाली प्रदेश सरकारले हरेक बर्ष १० हजार युवालाई रोजगारी दिने

Image
५ माघ २०७९, बिहिवार
Avatar
नेपालि खबर

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रतिवर्ष १० हजार युवालाई रोजगार दिने योजना निर्माण गर्न कार्यदल गठन गरेको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार बसेको पहिलो बैठकले समृद्ध कर्णालीका लागि स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

मन्त्री मंगल शाहीका अनुसार कार्यदलमा प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेछन् भने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य हुनेछन्।

‘उहाँहरूले प्रतिवेदन बनाएपछि त्यसलाई सरकारले दृढतापूर्वक कार्यान्वयन गर्छ’ मन्त्री मंगल शाहीले भने।  यो कार्यदललाई ३० दिनको समयावधि दिइएको छ। 

Advertisement

सम्बन्धित खबर