काठमाडौं : रुसले भारतमा तेल बिक्री बढाउने भएको छ। रूसी ऊर्जा कम्पनी रोसनेफ्टले भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ।
रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुखकार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी इन्डियन आयल कर्पोरेसन’ काप्रमुखसँग सम्झौता गरेको जनाएको छ। रोसनेफ्ट आयल कम्पनी र इन्डियन आयल कम्पनीबीच तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि गर्न र भारतमा ग्रेड विविधीकरण गर्नका लागि एक आवधिक सम्झौतामा हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ।
रोसनेफ्टले सम्झौतामा उल्लेखित मात्रा र यसको मूल्य निर्दिष्ट गरेको छैन्। रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गतवर्ष मस्कोले भारतलाई तेल बिक्री २० गुणाभन्दा बढीले वृद्धि गरेको बताएका थिए।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay