Friday Jan 09, 2026


नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाको ज्यान गयाे

Image
२५ चैत २०७९, शनिवार
Avatar
नेपालि खबर

एजेन्सी ।नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ ।


बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने  बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएकाे एएफपीमा उल्लेख छ । 


उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएकाे छ । आक्रमणको कारण भने खुलेकाे छैन । गाेठालाहरुले गाईबस्तु चराएर आफ्नाे खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् । 

Advertisement

सम्बन्धित खबर