Saturday Apr 18, 2026


कृष्ण लामिछानेको लाखौं डलर लुटेर आत्महत्या गर्ने अवस्था श्रृजना गर्ने महिला को हुन् ?

Image
२० चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । अमेरिकामा अस्वभाविक मृत्यु वरण गरेका कृष्ण लामिछानेको मामिला झन्झन् पेचिलो बन्दै गएको छ । सुरुमा कृष्णको मृत्युमा उनकी पत्नी र छोरीमाथि दोषारोपण गरिएको थियो ।


अहिले कृष्णसँग सम्बन्धमा रहेकी नेपालकी महिलामाथि मानिसहरुले आरोप वर्षाइरहेका छन् । ती महिला को हुन् ? उनको परिचय के हो ? त्यो अझै रहस्यमै छ । तर विवाहेत्तर सम्बन्ध र लेनदेनमा भएको बेइमानीले एउटा परिवार कसरी तबाह हुन्छ भन्ने प्रष्ट बुझ्न लामिछानेको मृत्यु प्रकरण बुझ्दा थाहा हुन्छ ।


अनैतिक सम्बन्ध रहेको स्वीकारोक्ति कृष्णले आफ्नै पत्नीसँग गरेका थिए । पत्नीले माफी पनि दिएकी थिइन् । तर आर्थिक लेनदेन नमिल्दा चाहिँ कृष्ण बढी दबाबमा परे । चौतर्फी तिरष्कारका कारण उनले देह त्यागे ।


अमेरिकामा रहेर एनआरएनए अभियानमा सक्रिय गोरखाका कृष्ण लामिछानेको अस्वभाविक मृत्युपछि उनकी पत्नी माला र एक छोरीमाथि सुरु भएको दोषारोपणको शृङ्खला अहिले मोडिएर अन्यत्र पुगेको छ ।


पत्नी र छोरीको मानसिक यातनाका कारण कृष्णले मृत्यु रोजेको भन्दै सामाजिक सञ्जालभर उनीहरुमाथि दोषारोपण भइरहेको रहेको थियो ।


प्रारम्भमा सार्वजनिक भएका अडियो रेकर्डहरुमा पत्नी मालाले आफ्नो लाखौं डलर कृष्णले उडाएको र नेपालमा रहेकी एक महिलालाई दिएको सुनिन्थ्यो ।


सोही रेकर्डका आधारमा कृष्णमाथि पत्नी र छोरीकै यातना हावी भएको निष्कर्ष निकालिएको थियो ।


तर पछिल्ला नयाँ अडियो रेकर्डहरुबाट कृष्ण र माला विवाहेत्तर सम्बन्ध तथा आर्थिक व्यवहार बिग्रेका कारण बढी तनावमा रहेको बुझ्न सकिन्छ ।


कृष्ण लामिछाने एनआरएन–ए सम्मेलनमा नेपाल आउँदा ती महिलासँग उनको भेट भएको बताइएको छ ।




तिनै महिलासँग उनको हिमचिम पनि बढ्दै गयो । उनीहरु घण्टौंसम्म भिडियो कलमा व्यस्त हुने गरेको दुई बीचको अडियो सम्वादले पनि पुष्टि गर्छ ।


लेनदेन बिग्रेपछि कृष्णको दाम्पत्य जीवन नै बरबाद हुन थालेको थियो । त्यही बेला कृष्णले नेपालमा रहेकी महिलासँग आफ्नो रकम फिर्ता गर्न दबाब बढाउँछन् । तर नेपालमा रहेकी महिलाले पैसा दिनुको सट्टा कुनै रकम तिर्न बाँकी नै नरहेको जिकिर गर्छिन् ।


कृष्णले रकम पठाइ रहँदा वा नेपाल आउँदा पैसा दिइरहेको बेला दुईबीचको सम्बन्ध प्रेममय भएको देखिन्छ ।


एक सम्वादमा कृष्णले महिलालाई ‘मसँग घण्टौंसम्म पनि नांगिएर बस्थिस् ।’ भनेका छन् ।


यो सम्वादले कृष्ण र महिला भर्चुअल सन्सारमा पनि नजिक थिए भन्ने प्रष्ट्याउँछ ।


कृष्ण र उनकी पत्नी मालाबीच अरु कुरा मिल्दै गए पनि आर्थिक व्यवहार नमिलेरै परिवारमा तनाव थपिएको थियो ।


कृष्ण र मालाबीचको कुराकानीले कृष्णको नेपालकी महिलासँग शारीरिक सम्बन्धसम्मको निकटता रहेको पुष्टि गर्छ । महिलाका पतिलाई कृष्णले घडी किनेर ल्याइ दिएको प्रशंग पनि छ ।


यो प्रशंगले महिला, उनकी छोरी र उनका पति पनि कृष्णसँग परिचित थिए ।


दुवै विवाहित थिए, तर पनि दुई बीच शारीरिक सम्बन्धसम्मको अर्थात अनैतिक सम्बन्ध रहेको जनाउ दुईबीचको कुराकानीले दिन्छ ।


यो कुराकानीमा कृष्णले महिलासँगको सम्बन्ध स्वीकार गरेका छन् । तर अहिलेसम्म कृष्णको परिवार छिन्नभिन्न बनाउने ती महिला चाहिँ को थिइन् त ? महिला अहिलेसम्म रहस्यमय नै बनेकी छिन् ।


महिला र कृष्णबीचको सम्बन्ध थाहा पाएर पनि मालाले त्यो सम्बन्धलाई माफी दिएकी थिइन् । कृष्णसँगको सम्वादमा मालाले ‘म तिम्री स्वास्नी हुँ ।


मेरा छोरीको शरिरमा तिम्रो रगत बगेको छ । यसकारण म त तिमीलाई माफी दिन्छु । तर मेरो जीवन भरको कमाई लगेर त्यो बुढी महिलालाई किन दियौं।’


अर्थात विवाहेत्तर सम्बन्ध थाहा पाएर पनि मालाले कृष्णलाई माफी दिन्छन् । तर लाखौं डलर रकम महिलालाई दिएको कुराले लामिछाने दम्पत्तिमा तनाब बढेको प्रष्ट हुन्छ ।


कृष्णले महिलालाई रकम दिएको केही अडियो भिडियोले पुष्टि गरेपछि छोरीहरुले पनि आफ्ना बुबाले गल्ति गरेको निष्कर्ष निकाल्छन् । अनि मालासँगै छोरीहरु पनि कृष्णमाथि खनिन्छन् ।


घरमा पत्नी र छोरीको करकर, बाहिर नेपालकी महिलाले पैसा फिर्ता गर्नुको सट्टा मुख छाडेर गाली गलौज गर्न थाल्छिन् । ती महिलाले मात्रै नभएर महिलाकी छोरीले समेत कृष्णमाथि अपशब्द बोलेको सुन्न सकिन्छ ।


अहिले कृष्ण–माला र नेपालमा रहेकी महिलाबीचको अडियो सम्वादले सामाजिक सञ्जालहरु छपक्कै भएको छ । तर अहिलेसम्म यो खुलेको छैन कि आखिर ती महिला को हुन् ?


केहीले उनी नेपाली कांग्रेसकी जिल्ला स्तरकी नेतृ हुन् भनेका छन् । केहीले उनी सुरक्षा फौजमा रहेका अफिसरकी पत्नी तथा सरकारी कर्मचारी हुन् भनेका छन् । तर उनको पहिचान अझै गोप्य राखिएको छ । कृष्णको परिवारको तर्फबाट पनि महिलाको पहिचान खुलाइएको छैन ।


महिलाले रकम फिर्ता गरेको भए कृष्णको जीवन जोगिन्थ्यो


कृष्ण र महिलाबीच भएको कुराकानीका आधारमा ३२ लाख भन्दा केही बढी रकम कृष्णले पाउनु पर्ने थियो । केही रकम कृष्णले औपचारिक रुपमा र केही भेटेको बेला दिएका थिए ।


औपचारिक रुपमा पठाएको रकमको हिसाब प्रमाणसहित निकाल्न सम्भव छ । तर हातमा नगद दिएको हिसाबको कुनै प्रमाण हुँदैन । सम्भवतः कृष्णले हातमै ठूलो रकम दिएका थिए ।


महिला पक्षले पनि कृष्णलाई ‘आफ्नो प्रोसेस गरेर मन लागेको गरे हुन्छ’ भनेका छन् । अर्थात प्रक्रियामा जाँदा हातमा दिएको पैसाको कुनै प्रमाण हुँदैन ।


यस्तो बेला आफ्नो पक्षको जित हुने ठानेर महिला र उनकी छोरीले कृष्णमाथि अपशब्द प्रयोग गर्दै जे जे मन लाग्छ गरे हुन्छ भनेका छन् ।

Advertisement

सम्बन्धित खबर