Saturday Jun 06, 2026


आज स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै

Image
२२ माघ २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडौ । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन । एक महिनादेखि चलिरहेको स्वस्थानी व्रत आइतबार विधिपूर्वक समापन गरिँदैछ।

नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहितश्रीस्वस्थानी देवीको विशेष आराधना गरिन्छ ।

देवादिदेव महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ  दिई विधिपूर्वक र्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ। यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई १०० रोटी व्रतालुले खाने विधान छ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ। महादेव पति पाएपछि पार्वतीले नै यो व्रत फैलाउन लगाएको स्वस्थानी व्रतकथामा उल्लेख छ।

यो पूर्णिमामा पद्मपुराण अन्तर्गतको १५३ श्लोकको ‘स्वस्थानी व्रत माहत्म्य’ पाठ गर्ने परम्परा छ। काठमाडौंको साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि यही पूर्णिमा सम्पन्न हुन्छ। माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्व पनि यसैदिन समापन गरिन्छ ।

Advertisement

सम्बन्धित खबर